काठमाडौँ — रुसी फौजले लिम्यानको केन्द्र कब्जा गरेर नजिकको रणनीतिक सहर सेभेरोदोनेत्स्कमाथि घेरा हालेको छ । शुक्रबार युद्धका दुई प्रमुख मोर्चामा रुसको प्रगतिले युद्धको दिशा बदलिँदै गएको संकेत गर्छ ।
युक्रेनी अधिकारीले पनि पूर्वी क्षेत्रको युद्धलाई गम्भिर बताउँदै पश्चिमी मुलुकसँग थप उन्नत हतियारको माग गर्न थालेका छन् ।
युक्रेनका विदेशमन्त्रीले थप हतियार माग गर्दै नयाँ विदेशी हतियारको आपूर्तिबिना युक्रेनी फौजले पूर्वतर्फको रुसी प्रगति रोक्न नसक्ने चेतावनी दिए । शुक्रबारको युद्ध दुई प्रमुख शहरहरु स् सेभेरोदोनेत्स्क र नजिकको लीसिचान्स्कमा केन्द्रीत भयो । ती दुई क्षेत्र लुहान्स्कभित्र युक्रेनी नियन्त्रणमा रहेका अन्तिम भू–भाग हुन् ।


प्रतिक्रिया