देश

खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गयो


काठमाडौँ — फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।

गत १२ जेठ साँझ ५ बजे भएको उक्त घटनामा मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आंशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा मुटुमै रोपिन गई गम्भीर घाइते भएका थिए । खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध घटना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घटनाको बारे जानकारी गराएको छैन ।