Breaking

अश्लिल भिडियो देखाएर ७ करोड रुपैयाँको बार्गेनिङ


काठमाडौँ — नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । ती मोडलको ल्यापटप बनाउनका लागि सिनामंगलस्थित सुरज र श्रवणको कम्प्यूटर मर्मत पसलमा पुगेको थियो । ल्यापटप बनाउने वेला उनीहरुले त्यो अश्लिल भिडियो देखेका रहेछन्, त्यसमा चर्चित व्यक्ति देखेपछि उनीहरुले कपी गरेर राखेछन् । उनका प्रेमीसँगको अश्लिल भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको अभियोगमा उदयपुरका सुजन आचार्य, कालीकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेपलाञ्चोकका उमेश भण्डारी, गुल्मीकी बसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौं सिनामंगलका श्रवण कार्कीलाई पक्राउ गरेको छ । सुजन यसअघि पनि प्रहरी समेतको मिलेमतोमा हिरा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका व्यक्ति थिए । पहिले पनि यस्तो गतिविधिमा संलग्न भएकाले उनलाई सजिलै पैसा हात पारिहालिन्छ भन्ने भयो अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बार्गेनिङ सुरुमा ७ करोडको भयो, पीडित तीन करोड दिन पनि तयार भइसकेका रहेछन्, तर नमानेपछि प्रहरी कहाँ उजुरी आइपुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।