Breaking

नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको तर्क


काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन् । उनले शनिबार संसदमा भएको प्रि–बजेट छलफलमा सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरे ।

यसैगरी, नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको पोखरेलले बताए । यसका साथै, सुर्तीजन्य वस्तुको प्रयोगका विषयमा समेत सरकार चुप बसेकोमा उनले गुनासो गरे ।