Breaking

वर्तमान सरकारले दीर्घकालिन नीति तथा योजना ल्याउन अल्छि गरेको तर्क


काठमाडौँ — नेकपा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताएका हुन् ।

यो चुनावी सरकार हो । अबको ५/६ महिनामा अर्को सरकार आइहाल्छ कि भनेर हुनसक्छ, उनले भने, त्यहीकारण, सरकारले नीति तथा कार्यक्रममा नयाँ योजना समेट्न सकेको छैन । देशको अर्थतन्त्रले सामाना गरिरहेको संकटको सामना गर्नेगरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ ।