Breaking

माओवादीको वैशाखी टेकेर ओली दुई पटक प्रधानमन्त्री बनेको नबिर्सनुस्ः अध्यक्ष ‘प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको वैशाखीका कारण नभई सहयोगका कारणले दुई–दुई पटकसम्म केपी ओली प्रधानमन्त्री बनेको बताएका छन् ।

उनले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै माओवादीको वैशाखी नभई सहयोगकै कारणले ओली प्रधानमन्त्री बनेको जवाफ फर्काएका हुन् । यसअघि, अघिल्लो बैठकमा बोल्दै ओलीले नेकपा एमाले कसैको वैशाखी नटेक्ने बताएका थिए ।

त्यसको जवाफ दिँदै प्रचण्डले दुई–दुई पटक आफ्नो सहयोगमा प्रधानमन्त्री बनेका व्यक्तिले त्यस्तो कुरा गर्न नसुहाउने बताए । यसअघि, गरिएको बाम गठबन्धनका कारण ओलीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार बनेकाले त्यो एमालेको सरकार नभएको प्रचण्डले प्रष्ट्याए ।