काठमाडौँ — जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ ।
नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद् महर्जनले बताइन् । उनले भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको बताउँदै उनले बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको बताइन् । मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको उनको भनाई छ ।


प्रतिक्रिया