Breaking

ओलीलाई गगन थापाको जवाफ : रन्थनिएको बेला जसरी बोले पनि हुन्छ


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए ।

उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।

कहाँ बोल्ने रु कहिले बोल्ने रु भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्न विषय भएको महामन्त्री थापाले बताए ।