Breaking

सरकारको नीति तथा कार्यक्रम दिशाहीन : पूर्वअर्थमन्त्री पौडेल


काठमाडौँ – पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको बताएका छन् ।

उनले इतिहासकै कमजोर, मुलुकको समस्या नचिनेको, समाधान हुन नसक्ने, खोक्रो र सारहीन रहेको बताए । आगामी वर्षको कुन विकास आयोजनालाई प्राथमिकता दिने स्पष्ट नभएको बताएका छन् ।

उनले वर्तमान सरकार चुनावी भएको कारणले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने र भोली आउने सरकारलाई बोझ थप्ने कार्यक्रम ल्याउन नमिल्ने बताएका छन् ।

नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको बताएका छन् । उनले सामान्य अर्थतन्त्रको जस्तै गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताए । ब्यालेन्स अफ पेमेन्टको विषयमा, वैदेशिक लगानी भित्र्याउने विषयमा तत्परता नरहेको बताएका छन् ।

बैंक तथा वित्तिय संस्था निरंकुश तरिकाले नियन्त्रण गरिएको बताउँदै अर्थतन्त्रमा कुनै समस्या छैन भनेर भ्रम छरिएको दाबी गरे । उनले आत्मनिर्भर अर्थतन्त्र, आर्थिक वृद्धि बढाउने कार्यक्रम नै नरहेको बताएका छन् । मेक इन नेपाल र मेड इन नेपाललाई गोलमोटम रुपमा पस्तुत गरेको उनको आरोप छ ।