समाचार

सर्पदंशले एकजनाको मृत्यु


काठमाडौँ — सर्पले डस्दा सिगास गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।

सिगास–७ नुवाघरका ५५ वर्षीय करे दमाईको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

घरमै सुतिरहेका वेला शुक्रवार बिहान उनलाई सर्पले टोकेको हो। केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए ।