Breaking

नीति तथा कार्यक्रम आज प्रतिनिधिसभाबाट पारित हुने


काठमाडौँ — सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ ।

आइतबार (जेठ १५ गते) बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण शनिबार नीति तथा कार्यक्रम पारित गर्नै पर्ने भएको हो ।

शुक्रबार नै पारित गर्ने तयारी रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बोलाइएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाले भने छलफल सकेर शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पनि पेश गरिँदैछ । बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् ।