Breaking

आजको मौसम : चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौँ — देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टायता गोरखा, तनहुँको बन्दीपुर, भरतपुर विमानस्थल, मकवानपुर, चितवनको रामपुर, काठमाडौँ विमानस्थल, र सर्लाहीलगायत क्षेत्रमा वर्षा भइरहेको छ ।

‘काठमाडौँ उपत्यकामा पनि अपराह्नपछि मेघगटर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वाुनमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ ।

साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।