Breaking

फुत्किसकेकका पूर्वडीआइजीलाई फेरि १२ वर्ष जेल (भिडियोसहित)


काठमाडौँ — बिहीबार सर्वोच्चले पुनः कारागार फर्काउने फैसला गर्दा पत्नीको हत्या गरेका पूर्वडीआईजी रञ्जन कोइराला प्रहरीको निगरानीमै थिए । कैद मिनाहाको आदेश बदर गर्ने फैसला गरे पनि न्यायाधीशले फैसला लेखिसकेका थिएनन् ।

शुक्रबार फैसलाको संक्षिप्त पाठ भए पनि आउने अपेक्षासहित प्रहरी कोइरालालाई निगरानी गरिरहेको थियो । तर, शुक्रबार पनि फैसला तयार भएन ।

प्रहरीकै उच्च अधिकारीले कोइरालालाई निगरानी गर्नु तर फैसला नआई पक्राउ नगर्न निर्देशन दिएका थिए । यता कोइराला फरार भइसकेको हल्ला शुक्रबार दिउँसोसम्म ब्यापक भयो ।

प्रहरीलाई पनि अब कोइराला भाग्न सक्ने डर भयो । त्यसपछि अपराध महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले सर्वोच्च प्रशासनसँग परामर्श गरे । फैसला आउन समय लाग्ने जानकारी गराउँदै सर्वोच्च प्रशासनले कोइरालालाई पक्राउ गर्दा फरक नपर्ने बतायो । शुक्रबार अपरान्ह अनुमति पाउनासाथ उपत्यका अपराध महाशाखाले कोइरालालाई पक्राउ गरेको हो ।