Breaking

आयल निगम वेचेर खान लागेको प्रमाणित गर्न ओलीलाई चुनौती, संसदमा बजेट छलफल भन्दा बढि आरोप–प्रत्यारोप


काठमाडौँ — एमाले सांसद्हरुले आफ्ना अध्यक्ष केपी ओलीले सदनमा बोलेको भाषालाई लिएर मन्त्रीले प्रश्न उठाएपछि शुक्रबार एकाएक संसद अवरुद्ध पार्यो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने माग सहित एमालेले पुन संसद अवरुद्ध गरेको थियो । वर्तमान सरकार गठन भएपछिका पछिल्ला २ सय ८९ दिन संसद्को रोष्ट्रममा प्रस्तुत नभएका प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहिबार झण्डै ३ घण्टा सदनमा वोले ।

उनले यसअघि २०७८ साउन २६ मा संसद्लाई सवा १ घण्टा सम्बोधन गरेका थिए । त्यसपछि पार्टी विभाजनको दोष सभामुख र सरकारलाई लगाउँदै २०७८ भाद्र २३ बाट त एमालेले संसद अवरोध नै सुरु गरेको थियो । जेठ ३ गते एमालेले आफ्ना शर्त पुरा नहुँदै अचानक संसदको अवरोध हटाएपनि ओली चुपचापकै अवस्थामा थिए । तर भित्रभित्रै उकुसमुकुस भएको उनका आलोचनाका शब्दहरु विहिबार धाराबाहिक रुपमा सदनमा छुटे । सरकारको निति तथा कार्यक्रम माथि वोल्ने क्रममा उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले राज्यशक्तिको व्यापक दुरुपयोग गरेर बुथ कब्जा, धाँधलीपूर्ण, अशान्त निर्वाचन गराएको आरोप लगाए ।

अधिंकाश समय गठबन्धन र सरकारको विरोधमा खर्चिएका उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘कठै !’ भन्न सकिने बताए । कांग्रेसको नीतिबाट जनताले सुख नपाउने र देश ‘रुल अफ कांग्रेस’को नीतिबाट चलिरहेको भन्दै निशाना साधेका उनले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप समेत लगाए । नेपाल भारत प्रबुद्ध वर्ग समूह इपिजीको रिपोर्टको प्रसङ देखि नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो कि होइन भनेर प्रश्न गरे अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषयमा जवाफ मागेका उनले नेपाल आयल निगम बेचेर खान आटेको आरोप समेत लगाए ।

गठबन्धन र सरकार प्रति ओलीले खोलेको गाली, प्रश्न र आरोपको फायरमा एमाले सांसदहरु ताली बजाईरहेका थिए । बल्ल यतीका दिनको तितो पोखियो भन्ने भावमा रहेका उनीहरुलाई केहि वेरमै कांग्रेस नेता मीन विश्वकर्माले भने चुनावी हारको कुण्ठाको संज्ञा दिए । कुरा यतिमा मात्र सकिएन ओलीको शब्दले मन पोलेका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले आजको संसद वैठकमा ओलीमाथि प्रश्न उठाए । ओलीले पदीय गरिमा कायम नगरेको टिप्पणी गरेका उनले प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाउनु खेदजनक भएको बताए ।

नेपाल आयल निगमलाई खारेज गरि निजीकरण गर्न लागिएको ओलीको बिहीबारको बोलीप्रति रुष्ट देखिएका मन्त्री बडुले ओलीलाई प्रश्न गरे, ‘आधा खान बाँकी छ भनेर कुन आधारले भनेको हो ? यसको जवाफ चाहिन्छ । आफ्नो बोलीलाई प्रमाणित गरेर देखाउन समेत उनले एमालेलाई चुनौती दिए । वडुले यहि प्रश्नका वीचमा प्रयोग गरेको स्तरहिन भन्ने शब्दले एमालेका सांसदहरुको संसद अवरोधमा राखेको रेकर्डको उर्जालाई पुन जागृत गरिदियो । आफ्ना अध्यक्षले गाली गर्दा मुसुमुसु हासेका उनीहरुलाई सत्तापक्षको चुनौतीले रिगंटा चलाईदियो । फलत ः वडुका शब्द संसदको रेकर्डबाट हटाउने पर्ने माग सहित एमाले सांसदहरुले संसद अवरोध गरेका थिए ।

संसद अवरोधको
यहि कारण एकाध घण्टा संसद नै स्थगित भयो । संसद स्थगीत भएसंगै बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति भएपछि झण्डै तीन घण्टापछि मात्र संसद पुन सन्चालनमा आयो । कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका थिए । नीति तथा कार्यक्रममाथिको सैदान्तिक छलफलको लागि बैठक बसेको भएपनि सांसद्हरु भने दलगत आरोप प्रत्यारोपमा केन्द्रित हुँदा छलफल प्रभावकारी हुन सकिरहेको छैन ।