Breaking

बालेन्द्र साहले जित्नु परिवर्तनको सङ्केत हो: राजेन्द्र महतो


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद राजेन्द्र महतोले काठमाडौँ महानरगपालिकामा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको सङ्केत भएको कताएका छन् । आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाण्डौमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको सङ्केत भएको बताएका हुन् ।

जनताले परिवर्तन खोजेको भए पनि राजनीतिक दलहरूले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । सांसद महतोले भने काठमाडौामा बालेन साह के हो रु परिवर्तनको सङ्केत हो । जनताले खोजेको परिवर्तन, त्यो सङ्केत हो । आज म काठमाण्डौवासीलाई यही मञ्चबाट बधाई दिन्छु, परिवर्तनको सङ्केत बालेन साहलाई बधाई दिन चाहन्छु । परिवर्तनको सङ्केत हो त्यो, अरू केही होइन ।’

सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताए ।