Breaking

नेपाल भगवान भरोसामा चलेको छ: महतो


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समय तुलना गर्न आग्रह गरे । ‘

७० वर्षको हाम्रो अभ्यास के छ नेपालले छलाङ लगायो कि लगाएन ७० वर्षअघि र अहिलेको अवस्था के छ महतोले भने, ‘समीक्षा हुनुपर्ने । के फड्को मार्‍यो त ? कर्मकाण्डी नीति तथा कार्यक्रम ल्याउने र घन्टौं छलफल गर्ने परम्पराको उनले विरोध गरे । गोलचक्करमा जनतालाई घुमाउने कार्य मात्रै भएको उनले टिप्पणी गरे ।

पहिलेका सरकारले ल्याएका विषय समेटेर नीति तथा कार्यक्रमा प्रस्तुत गरिने र त्यसलाई प्रतिपक्षले विरोध गर्ने परम्परा रहेको उनले सुनाए ।्