Breaking

शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न सरकारसँग आग्रह


काठमाडौँ — नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेट मार्फत शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न सरकारसँग आग्रह गरेका छन्। संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने कुरा उल्लेख गरिएको स्मरण गराउँदै महरले संविधानको कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्यलाई यसै बजेटमार्फत निःशुल्क गर्न आग्रह गरेका हुन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै काँग्रेस केन्द्रीय सदस्य महरले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरे राज्यको दायित्व पूरा हुनाका साथै संविधानमा उल्लेख गरिएको समाजवादको आधार निर्माण गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् । राज्यका नीति निर्माण लोक कल्याणकारी नीतिमा बनाउनुपर्ने र बजेटमार्फत जनताले दैनिक जीवनदेखि राज्यका सबै क्षेत्रको विकासका सहयोग पुग्ने गरी बनाउनुपर्ने महरको भनाइ छ।