Breaking

मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले गरे रुलिङ


काठमाडौँ — उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिएका थिए । शुक्रबार ओलीको उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख गर्दै ओलीले स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।