काठमाडौँ — काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र साह विजयी भएसँगै आज बिहानैदेखि धन्यवाद र्याली शुरु भएको छ । आज शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले महानगरको प्रमुखमा बालेन्द्र साह विजयी भएको औपचारिक घोषणा गरेको हो । घोषणापछि बोल्दै नवनिर्वाचति मेयर साहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गर्नुभयो ।
उहाँले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । आफ्नो जित निश्चित भैसकेपछि कसैलाई पनि पराजयको संकेत नदिन आग्रह गर्दै सबै मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएका शाहले आज बिहानदेखि काठमांडौ शहरका बिभिन्न स्थान परिक्रमा गरी धन्यवाद र्यालीमा सहभागि हुनुभएको छ । बालेन शाहले बिजयी जुलुस नमनाउने घोषणा यस अघिनै गरीसकनु भएको छ ।
बिजयी उत्सव मनाउन बिभिन्न जिल्लाबाट आउन लागेका आफ्ना समर्थक र आफ्नै नगरवासीहरुलाई समेत शाहले आफुले काम गरेर देखाउने बिजयी जलुसका लागि दुख नगर्न आग्रह गर्नुभएको थियो । धन्यवाद र्यालीमा काठमांडौ शहर घुमीरहनुभएका बालेन शाहका लागि हज्जारौं युवाहरुको सहभागिता देखिन्छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयो । त्यस्तै काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।


प्रतिक्रिया