Breaking

बालेन एक्लै छन् भन्ने नसोचौं: विश्वप्रकाश शर्मा


काठमाडौँ — नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् ।

साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताए। शुक्रबार विहान ट्वीट गर्दै उनले भने, ‘‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ।’ यस्तै उनले साहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको पनि बताए । ‘

बालेनलाई बधाई दिउँ, बदलौँ आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ शर्माको ट्वीटर ह्यान्डिलमा उल्लेख छ ।