समाचार

झापामा नगर प्रमुखका २ उमेदवारको मत शून्य


काठमाडौँ — स्थानीय तह निर्वाचन–२०७९ मा झापामा नगर प्रमुखका दुई उमेदवारले शून्य मत पाएका छन् । गौरादह नगरपालिकामा नगर प्रमुखमा उमेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, ११ नगर प्रमुखरअध्यक्षका आकांक्षीले एकदेखि नौ मत मात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मत मात्र पाएका छन् ।

त्यस्तै, शिवसताक्षीका योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादहाका राधिका धमला (स्वतन्त्र) ले सात मत, बिर्तामोडका अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी) ले ६ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी) ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बुवान साझा पार्टी) ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल) ले ६ मत, दमकका नेत्रजंग थापा (स्वतन्त्र) ले ६ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र)ले पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र) ले तीन मत पाएका छन् ।

त्यस्तै गौरीगन्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उमेदवारी दिएका दिलबहादुर लिम्बूले एक/एक मत पाएका छन् ।

जिल्लामा ९६१ उमेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये प्रमुखरअध्यक्षमा ८३, उपप्रमुखरउपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।