समाचार

जीपको ठक्करबाट युवकको मृत्यु


काठमाडौँ – नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–६, जबडाँडामा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स्थानीय २६ वर्षीय महेन्द्र ढेंगामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब साढे १२ बजे पैदल हिँडिरहेका मगरलाई लु१ज २२७२ नम्बरको जीपले ठक्कर दिएको प्रहरीचौकी हुप्सेकोटले जनाएको छ ।