Breaking

नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी


काठमाडौँ — सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि संघीय संसद्मा छलफल जारी रहने भएको छ ।

संसद्मा हिजोदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

नीति तथा कार्यक्रममाथि छलफलका लागि बिहान ११ बजे बस्ने गरी संसद् बैठक तय गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक ११ बजे सुरु हुनेछ ।

पहिलो दिन हिजो विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेकी थिइन् ।