Breaking

फेरि सर्वोच्चले बन्चरो प्रहार गरेछ, लज्जित छु : बाबुराम भट्टराई


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।

देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि भट्टराईको टिप्पणी छ ।

‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौँ–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु । फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु ।’