Breaking

निजगढ विमानस्थलको काम रोक्नु दुःखद : राजेन्द्र लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक्नु दुःखद भएको बताएका छन् ।

अध्यक्ष अध्यक्ष लिङ्देनले भनेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको छ । एउटा आशलाग्दो राष्ट्रिय गौरवको आयोजनाको यसप्रकारको अन्त्य दुःखद छ ।’

सर्वोच्च अदालतले बिहीबार उक्त विमानस्थल निर्माणको काम तत्काल रोक्न परामदेश जारी गरेको थियो ।