Breaking

बालेनलाई बधाई दिँदै विश्वप्रकाशले भने- लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर!


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको जितले सकारात्मक ढंगले जबर्जस्त दबाब दिएको बताएका छन् ।

काठमाडौँ महानगरको मेयरमा लौरो चुनाव चिन्ह पाएका शाह निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत शर्माले यस्तो बताएका हुन् ।

उनले ‘काठमाडौँका सचेत मतदाताले दिएको सन्देश गहन रुपले आत्मसात गर्न आग्रह गरेका छन् । एक नोट जारी गर्दै शर्माले भनेका छन्, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर, आँखो पर१’

काठमाडौंमा कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई पराजित गर्दै साह २३ हजार ४२६ मतान्तरले विजयी भएका छन्। बालेनलाई बधाई दिँदै शर्माले भनेका छन्, ‘बालेनलाई दिउँ बधाई, बदलौं आफूलाई१’