Breaking

ओलीले संसदमा खोले आलोचनाको फायर, धाँधली गरेर, बम पड्काएर तथा एमालेलाई निषेध गरेर चुनाव जितेको आरोप


काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणाम पश्चात चुपचाप रहँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेको छन । यो विचमा भएका सार्वजनिक कार्यक्रममा राजनीतिक र सरकार केन्द्रीत टिप्पणी नगरेका उनले विहिबार सदनमा पुनः गाली, प्रश्न र आरोपको फायर खोलेका हुन । केहि दिनबाट मौन रहेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विहिबार पाँच दलिय गठबन्धन र सरकारविरुद्ध आगो ओकेलेका छन । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ३ घण्टा संम्बोधन गरेका उनले अधिंकाश समय गठबन्धन र सरकारक विरोधमा खर्चिएका हुन ।

सुरुमै सरकारको नीति तथा कार्यक्रमलाई ‘कठै !’ भन्न सकिने भन्दै प्रहार थालेका उनले एमालेले कार्यक्रम ल्याउँदा ‘देश सक्ने भयो’ भनेर तर्सिएको भन्दै अहिले आकाशबाट जूनतारा नै खसाउँछ होला भन्ने लागेको भनी कटाक्ष गरे । एमालेका कार्यक्रमहरू दोहो¥याइएको आरोप समेत उनले लगाए । चुनावमा धाधली गरेर र बम पड्काएर तथा एमालेलाई निषेध गरेर चुनाव जितेको देखि सरकारले दण्डहीनतालाई प्रसय दिएकोसम्म भन्न भ्याएका उनले निर्वाचनमा ‘पपुलर’ मत आफ्नो पार्टीले नै पाएको दावी गरे । स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको बताएका ओलीले चुनावको समयमा गठबन्धनका नेताहरुले फलानालाई भोट नदिने हो भने देशमा दुर्घटना हुन्छ भनेको धम्क्याउने काम गरेको आरोप लगाए ।

निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको बताएका उनले मूल्यवृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भन्दै सरकारले मूल्यवृद्धिको सन्दर्भमा नकारात्मक कीर्तिमान कायम गरेको बताए । त्यस्तै वर्तमान सरकारले पेट्रोलियम पदार्थको खरिद गर्ने अधिकार निजी क्षेत्रलाई दिन लागेको भन्दै आपत्ति जनाएका उनले आयल निगमलाई खारेज गर्न अर्बौँ रुपैयाँको कारोबार भइसकेको र फेरि अर्बौँको ’डिल’ हुन लागेको दाबी समेत गरे । उनको प्रहार सत्तारुढ दल कांग्रेसप्रति पनि तिखो थियो । कांग्रेसको नीतिबाट जनताले सुख नपाउने र देश ‘रुल अफ कांग्रेस’को नीतिबाट चलिरहेको भन्दै निशाना साधेका उनले ओलीले देश गठबन्धनको भेस्टेड इन्ट्रेस्ट‘बाट चलिरहेको बताए ।

कांग्रेस र गठबन्धनलाई कानुनी व्यवस्था नलाग्ने र योग्यता पनि मान्न नपर्ने बताएका ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाए । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल भारत प्रबुद्ध वर्ग समूह इपिजीको रिपोर्ट बुझ्न आग्रह समेत गरे गरेका छन् । नेपाल र भारतका प्रबुद्ध वर्ग बसेर रिपोर्ट बनाइएकोमा नबुझेको भन्दै प्रश्न उठाएका उनले रपोर्टमा के छ भनी सदनमार्फत् नेपाली जनतालाई जानकारी गराउन समेतआग्रह गरे । त्यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो कि होइन ? प्रधानमन्त्रीबाट जवाफ चाहिने बताए ।

यता चिनिया परियोजना बेल्ठ एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सरकारको नीति के हो भनी प्रश्न गरेका उनले अमेरिकी उपमन्त्रीलाई तिब्बती शरणार्थीहरूलाई भेट्न दिएको विषयमा जवाफ मागे । यहि प्रसंगमा उनले नेपाल एक चीन नीति मान्छ कि मान्दैन भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले दिनुपर्ने बताएका थिए । उनले बुढीगण्डकी र अरुण ४ को विषयमा सिंगो राष्ट्रलाई स्पष्ट पार्न समेत सरकारलाई आग्रह गरेका थिए भने एमालेले अघि सारेका नीति तथा कार्यक्रम नै समातेर कांग्रेस नेतृत्वको सरकारले ल्याएको आक्षेप लगाएका थिए ।

विगतमा एमालेलगायतका दलले ल्याएको नीति र कार्यक्रमलाई कांग्रेसले सुरुमा विरोध गर्दै आएको र पछि गएर त्यसैलाई अँगाल्ने गरेको ओलीको भनाइ थियो । यसरी आलोचनाको कुनै कसर बाँकि नराखेका उनले यतिका दिनको मौनता संसद एकैचोटी धाराप्रबाह आलोचना गरेर तोडेका हुन ।