Breaking

चुनावबाट उत्साहित छौं: उपेन्द्र यादव


काठमाडौँ — जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनको परिणामबाट उत्साहित भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै यादवले भने– ‘स्थानीय चुनावमा गठबन्धनबाट सबै सन्तुष्ट नै भएकाले प्रदेश र संघको चुनावसम्म कायम हुन्छ ।

‘हामीले स्थानीय चुनावको विषयमा गठबन्धनमा समीक्षा गरेका छैनौ । हामीले पार्टीमा पनि छुट्टै समीक्षा गरेका छैनौ’ रातोपाटीसँग कुरा गर्दै यादवले भने, ‘हामीलाई ठिकै लाग्यो नोक्सान भएको छैन । सोचेको जस्तो दुनियाँ कहीँ हुँदैन। यद्यपि हामी निरास छैनौ उत्साहित नै छौ ।