काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरस कोभिड(१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
२०२५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १६०३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जना संक्रमण मुक्त भएका छन् भने १२९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया