Breaking

एमाले अध्यक्ष ओलीले आज नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने


काठमाडौँ — प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

संसदमा गत मंगलबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमाथि आजबाट छलफल हुने छ । आज हुने सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।