Breaking

आजदेखि संसदमा नीति तथा कार्यक्रममाथि छलफल सुरु


काठमाडौँ — प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्दैछ । आज बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपतिले सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पढेर सुनाएकी थिइन् । त्यसअघिका बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमका सिद्धान्तमाथि केन्द्रित रहेर छलफल गरेका थिए ।

संसद सचिवालयले आज दिउँसो ११ बजे बस्ने गरी सोमबारको बैठक स्थगित गरेको थियो । संसदको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने उल्लेख छ ।

त्यस्तै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने कार्यसूची तय भएको छ ।