राजनीति

काठमाडौँ –१३ मा एमाले विजयी


काठमाडौँ — काठमाडौँ महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।

वडा नं १३ मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडा हो । यस वडाको मेयरमा सायमीले सुरुदेखि नै अग्रता लिएका थिए । उनलाई निर्वाचन आयोगले आँखीझ्याल चुनाव चिह्न दिएको छ ।

वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी भएका हुन् । यस वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १७८८ मत पाएका छन् भने सायमीले १७३४ मत प्राप्त गरेका छन् ।