Breaking

अझै ४ पालिकाको मतपरिणाम आउन बाँकी


काठमाडौँ — गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

काठमाडौँ र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ । त्रियुगामा भने मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएकोले मतपरिणाम आउन समय लागेको हो ।

सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

आयोगमा उल्लेखित तथ्याकंअनुसार ३२६ तह जितेर कांग्रेस पहिलो, २ सय ५ तह जितेर एमाले दोस्रो, १२१ तह जितेर माओवादी केन्द्र तेस्रो र ३१ तह जितेर जनता समाजवादी पार्टी ९जसपा० चौथो दल बनेको छ।

यी हुन मतपरिणाम आउन बाँकी स्थानीय तह :
१) त्रियुगा नगरपालिका, उदयपुर

२) काठमाडौँ महानगरपालिका, काठमाडौँ
३) तिलोत्तमा नगरपालिका, रुपन्देही
४) बुढीगंगा नगरपालिका, बाजुरा