Breaking

बालेनको ऐतिहासिक जित, रवीन्द्र मिश्रको रुवाबासी, आगामी चुनावीमा ओली, देउवा र लिङ्देनको हार्ने संकेत


काठमाडौँ — केही सीमित स्थानीय तहको मतपरिणामलाई छोडेर स्थानीय तह निर्वाचन सकिएको छ ।यो निर्वाचनमा भएको केही स्वतन्त्रको उदयले जनतालाई उत्साहित बनाउने काम गरेका बेला राजनीतिक दल भने हायलकायल बनेका छन् । यसको प्रभाव संसदीय निर्वाचनसम्मै पर्ने देखिएको छ । बालेन शाह र हर्क साम्पाङ जस्ता पात्र यो निर्वाचनको‘मेन अफ दि इलेक्शन’ बनिरहँदा यसको लोभलाग्दो उभारले रवीन्द्र मिश्र जस्ता पात्रलाई ग्लानी बनाइरहेको छ । खासमा यो क्रेज मिश्रहरुमा देखिनुपर्ने थियो ।

तर वैकल्पिक शक्तिको हुंकारमा आफ्नै नीति र नेतृत्वमा फेल खाएका र अहम्मात्रै पालिरहेका कारण मिश्रले अन्ततः आफुबाट सम्भव छैन भन्ने थाहा पाएपछि पार्टीको जिम्मेवारीबाटै राजीनामा दिए । मिश्र एक देखिएका पात्र मात्रैहुन्,यसपालीको निर्वाचनले ‘मै हुँ’ भन्ने राजनीतिक दललाई समेत झापड हानेको छ । र यसले आगामी संसदीय निर्वाचनका लागि समेत दलहरुलाई हायलकायल बनाएको छ । स्थानीय तहको मतपरिणाममा पाँच दलीयगठबन्धनले काँग्रेसमुखी परिणाम ल्याएको छ । माओवादी केही सिट फाइदामा पुगेर मनमगन बनिरहेका बेला नेकपा एकीकृत समाजवादीको हैसियत देखाइदिएको छ ।

तालमेलमाथि नै परिणामले विमेल गरेपछि संसदीय निर्वाचनमा गठबन्धनको सुनिश्चिता खोज्न थालिएको छ ।स्थानीय निर्वाचनमा पहिलो पार्टीले ब्यहोरेको पराजयकै कारण एमाले संसदीय निर्वाचनमा समेत आफुलाई धक्का लाग्ने आकलन गरिरहेको छ । मुलतः ठूला दलका ठूला नेताहरुलाई नै बालेन–हर्कजस्ता पात्र संसदीय निर्वाचनमै देखिने हुन कि भन्ने चिन्ताले पिरोल्न थालेको छ । काठमाडौंकै मतपरिणामलाई हेर्दा लोक आश्चर्यचकित हुने गरि स्वतन्त्र बालेन शाहको पक्षमा मत आयो ।यसले काठमाडौं ‘मेरै हो’ भनेर बसिरहेका प्रकाशमान सिंह र गगन थापा जस्ता नेताको राजनीतिक पकड भत्कियो ।

सिंहले पत्नीको हार सहनुपर्दा थापाले आफ्नै पालिका गुमाएका छन् ।यसको धक्का संसदीय निर्वाचनमा पर्नसक्छ ।केशव स्थापित जस्ता विगतदेखि नै हाइफाई चलाएका नेताहरु नै विस्थापित भए । उनीहरु अर्काेपटक उठ्नै नसक्ने गरि पछारिएका छन् ।एमाले अध्यक्ष ओलीकै गृहजिल्ला झापामाअपेक्षाकृत मत नआएर एमाले छटपटाएको छ ।दमकमा राप्रपाले हार चखाएपछि आगामी संसदीय निर्वाचनमै ओली तंग्रिने सम्भावनामाथि प्रश्न छ । यता ओलीलाई पछार्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिर्वाचन क्षेत्रकै कचनकवलमा पछारिएका छन् ।

त्यही स्थानमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत पनि संकटमा छन् । स्वंयम् प्रधानमन्त्री शेरबहादुर देउवा नै आफ्नै वडामा पराजित हुँदा संसदीय निर्वाचनको आधार गुमेको छ ।धनगढीमा स्वतन्त्र गोपाल हमाल हाबी भएर काँग्रेस पछारिएपछि प्रधानमन्त्री पत्नी आरजु राणाका आगामी दिन संकटपूर्ण छन् ।काँग्रेस प्रवक्ता प्रकाशशरण महतको बसोबास क्षेत्र टोखामा काँग्रेस पराजित भएपछि चुनाव लड्न नुवाकोटमै फर्किने कि यतै सामना गर्ने महतलाई मुस्किल परेको छ ।

एमालेसँग तालमेल गर्दा पनि माओवादी विजयी भएपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुरामभट्टराईले गोरखामा आफ्नै पालिका गुमाएका छन् ।दाङमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको लहरा एमालेले तानेपछि संसदीय निर्वाचनको नतिजामा गडबड हुनेछ । मुलतःआगामी संसदीय निर्वाचनलाई चिहाउन मिल्ने आँखिझ्यालकै स्वरुपमा स्थानीय तहको निर्वाचन सकिएको छ।एकातिर गणितीय बहस जारी छ भने अर्काेतिर चुनावलगत्तै राजनीतिक कोर्स परिवर्तनको लख काटिएको छ ।