Breaking

जितको हुंकार लगाउने ओली गले, चुनावमा हार स्वीकार, ओलीमाथि नै खनिए एमाले नेता, एमालेको ओरालो गति


काठमाडौँ — स्थानीय तहको निर्वाचनमा झण्डै एक सय सिट गुमाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकारेका छन् । ओलीले पार्टीमा अन्तरघात भएपछि पराजय ब्यहोरेको दाबी गरेका छन् । यसले एमालेअघि केही विकल्प प्रकट भएका छन्, जसले आगामी संसदीय निर्वाचनमा सहज बनाउने छ । बैशाख ३० लाई स्थानीयनिर्वाचन कम लुतो फाल्ने दिनका रुपमा बढी प्रचार गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाईगठबन्धनका दलहरुलेउल्टै लुतो झारिदिएपछिअन्ततः हार स्वीकार गरेका छन् ।

निर्वाचनअघि ओलीले भन्थे, पाँच दलीय गठबन्धनलाई क¥याककुरुक पार्छु, नमोनिशान नहुनेगरि लखेट्छु, त्यसका लागि बैशाख ३० पर्खिनुस् । तर पाँच दलीय गठबन्धन एकातिर भएका बेला ओलीको के चल्थ्यो, विगतको भन्दा ९५ सिट गुमाएपछि ओलीमा हार स्वीकार्न बाध्य बनेका हुन् । आफुले जिताउने भन्दै अन्य दलबाट पार्टी प्रवेश गराएका अधिकांश उम्मेदवारले पराजय ब्यहोरेका छन् ।चुनावका बेला ओली देशका जुन–जुन ठाउँमा पुगेर भाषण गरे, ती ठाउँको परिणाम हेर्दा प्रायः ठाउँमा एमालेपराजित भएको छ ।

चाहे त्यो उनकै गृहनगर दमक होस्, वा विराटनगर, भरतपुर,धरान वा पोखरा नै किन नहोस् । विगतमा फराकिलो जित हासिल गरेका काठमाडौं महानगर जस्ता स्थानमा समेत एमाले धुलिसात भएको छ ।यसलाई निर्वाचनको लामो थकाइमेटानपछि बल्ल बोलेका ओलीले पार्टीभित्रकै अन्तरघात भनेका छन् ।कांग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा नभइ यसपटक एमालेमा अन्तर्घात भएको ओलीको निष्कर्ष छ ।तर उम्मेदवार छनोटका विषयमा पार्टीले विचार नपु¥याएको भन्दै नेताहरु आक्रोशित बनेका छन् ।

एमाले पराजित हुनुका पछाडी अध्यक्ष ओलीकै अनावश्यक टिकाटिप्पनी, दम्भ र घमण्डले काम गरेको भन्दै पार्टीभित्रै समीक्षाको स्वर आउन थालेको छ । तर ओली यो स्वीकार्ने पक्षमा छैनन् ।यसले एमालेलाई संसदीय निर्वाचनमा झनै हानी गर्न सक्छ ।तथापी समग्र मतप्रतिशत हेर्दा काँग्रेसको भन्दा एमालेकै भोट बढी छ । यसलाई सिट संख्या घटेपनि जनमत यथावत् रहेको अर्थमा एमाले नेताहरुले बुझिरहेका छन् ।

चुनावी परिणामपछि एमालेका अघि केही विकल्प प्रकट भएका छन् । पाँचदलीय गठबन्धनविरुद्ध एमाले एक्लै उभिन्छ र उभिनुपर्छ भन्ने ओलीकै लाइनलाई समातिराख्ने, अथवा यो लाइनलाई सच्याउँदैओलीकै नेतृत्वमा अब वाम गठबन्धनको नारा अगाडि सार्ने र माधव नेपाल, प्रचण्ड जस्ता पात्रलाई फकाउने। तर हारेको एमालेले चाहेर मात्रै प्रचण्ड र माधव नेपाल आगामी चुनावमा एमालेसँगै तालमेल गर्न आउलान् भनेर अनुमान लगाउन अहिले मुस्किल पर्ने देखिन्छ ।