काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी भएपछि यतिबेला सडकदेखि सदनसम्म तातिएको छ । मूल्यवृद्धि खारेजीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज नेपाल आयल निगमको कार्यालय समेत घेराउ गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि यतिबेला सडकदेखि सदनसम्म तातिएको छ । बुधवार मात्रै पनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरे ।
उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै दवाब दिए । रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको भन्दै उनीहरु नाराबाजीमा समेत उत्रिए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरको आरोप छ । पाँच दलीय गठबन्धनको सरकारप्रति रोष पोख्दै उनीहरुले जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको गुनासो गरे ।
विद्यार्थी संगठनका नेताहरुले जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको शंकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए । पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरुको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनैपनि हिसावले ठिक नभएको बताए । सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिए ।
प्रदर्शनकारीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयाल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर बिरोध गरेका थिए । सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पु¥याएको छ ।


प्रतिक्रिया