काठमाडौँ — नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्थानीय चुनावमा पार्टीले प्रमुख पदमा उठाएक उम्मेदवारलाई मत नदिने खतरनाक प्रवृत्ति बढेको बताएका छन् ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता तामाङले यो प्रवृत्तिमाथि गम्भिर समीक्षा हुने बताए । अहिले निर्वाचनमा पालिका हुन् वा वडा, तल्लो सेटमा पूरै मत दिने तर मुख्य पदमा मत नदिएको पाइयो । यो खतरनाक प्रवृत्ति कसरी हाम्रो पार्टीभित्र प्रवेश भयो यसबारेमा तल्लो तहसम्म गम्भिर समीक्षा हुनेछ’, उनले भने ।
प्रमुखमा नहाल्ने तर, तल्लो तहको सेटलाई नै हाल्ने प्रवृत्ति देखिएपछि यस विषयमा छानबिन गर्नका लागि पार्टीले फर्म्याट नै बनाएर जिल्ला तहसम्म पठाइएको उनले जानकारी दिए ।


प्रतिक्रिया