Breaking

चुनाव हारेपछि चुपचाप ओली, वाम गठबन्धन बनाउन नेताहरुको दवाव, गठबन्धन घातक बनेको विश्लेषण


काठमाडौँ — निर्वाचन अघि देशव्यापी अभियान सञ्चालन गरेका एमाले अध्यक्ष ओली मतपरिणाम आएपछि भने मौन देखिएका छन । कांग्रेस पहिलो दल बन्दा तथा माओवादी तेश्रो शक्तीका रुपमा उदाँउदा रणनिति फेर्ने दाउमा रहेका उनको यो मौनतालाई अर्थपूर्ण मानिएको छ र् । आफ्नो पार्टी एक ढिक्का रहेको र पाँचदलिय गठबन्धन विरुद्ध एक्लै विजय प्राप्त गर्ने भाषण गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वर मतपरिणामसंगै मलिन भएको छ । ६ महानगरसहित ९ जिल्लामा नेतृत्वविहिन बन्नु परेको तथा आफ्नो भाग कांग्रेसले खोसेको पिडाका वीच राजनीतिक भविष्य नै सकिदिने भनिएका दलहरुको उदेयले उनलाई पिडा दिएको छ ।

पहिलो शक्तीका रुपमा देखिएको कांग्रेस र आफ्नो हैषियत सुधार गर्दैै तेश्रो शक्ती बनेको माओवादीले गठबन्धन अव आगामी निर्वाचनसम्मै लैजाने बताएपछि ओलीले यतिवेला रणनिति नै परिवर्तन गर्नुपर्ने महसुस गरेका छन । आफ्नै पार्टीमा मात्रै फुटको असर देखेका उनका सामु माओवादी फकाउने र माधवकुमार नेपाललाई संगै लाने विकल्प पनि छन । पार्टीले आयोजना गरेका कतिपय र प्रतिनिधिसभाका दुई बैठकमा समेत नगएका ओली यो बीचमा एक सार्वजनिक कार्यक्रममा देखिएपनि राजनीतिक टिप्पणीबाट भने टाढा रहेका छन ।

संसद चल्न दिएर आफ्नो हार स्वीकारेको एमालेका कतिपय नेताहरूले चुनावमा धाँधली भएकाले सर्वोच्च अदालतसम्म जान सक्ने चेतावनी दिएको भएपनि ओली भने चुनावी परिणाम बारे चुपचाप नै छन । अन्य नेताहरुले समेत बाहिर पाँचदलिय गठबन्धनका कारण अपेक्षित सिट जित्न नसकेको भन्दै हारको ढाकछोप गरिरहेपनि ओली त्यसबाट कन्भिन्स नभएको अवस्था छ । वाम गठबन्धन नभए र वर्तमान गठबन्धन नभत्काए पुन हारिने यर्थाथताका बीच ओलीको यो मौनता रणनिति परिवर्तनसंग सम्बन्धित हुने सक्ने धेरैको आकंलन छ । यद्यपी उनी निकट नेताहरु भने केहि सिट हार्दैमा एमाले भाडो थापेर भिक माग्ने सोचमा नरहेको बताँउदै आएका छन ।

मतपरिणाम हेर्दा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ एमाले पराजित भएको छ भने आफ्नो गढ पोखरामै आफैबाट फुटेर गएकाको जित भएको छ । त्यस्तै पार्टीलाई जिताउन नसकेकोमा नैतिकताका आधारमा नेतृत्वनै छोड्ने अन्तराष्ट्रिय प्रचलनका वीच ओलीलाई नैतिकताको दवाव पनि छ । सानातीना ९ ओटा दलसंग मिलेर जाँदा पनि पार लगाउन नसकेको अवस्थामा माओवादी फकाउने उपाय बाँकि रहेको छ । तर माओवादीसंग मिलेर जान अव गठबन्धन अझ बलियो बनेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तीले बाधा खडा गरिदिएको छ ।

गठबन्धनबाट पेलिएर अलिक चित्त दुखाँउदै आएका माधवकुमार नेपालसंग कुन मुखले जोडिने भन्ने दुविधा अर्को तीर छ । यो अवस्थामा केहि नेताहरु भने अव कसैको ईगो र स्वार्थमा पार्टी चल्न नहुने र हारको निर्मम समिक्षा हुन जरुरी रहेको बताउने गरेका छन् । बाहीर आफूलाई जति नै बाघ सावित गर्न खोजेपनि आगामी निर्वाचनमा पनि गठबन्धन कायमै रहेमा आफ्नो पराजय निश्चित रहेको ओलीले बुझेका छन । पहिलेबा

टै गठबन्धन फुटाउने खेलमा रहेका उनका लागि तेश्रो शक्ती आफूतिर ल्याउन आवश्यक छ । आफैले जनमत संग्रहको संज्ञा दिएको चुनावमै एमाले नराम्रोसँग खुम्चिएको तथा मधेशमै पनि आफूले दावी गरेजस्तो सुधार नदेखिएपछि अवको बाटो के भन्ने मै ओली अलमलिएका छन ।