काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भए अनुसार ५ महानगर, १० उपमहानगरसहित ७४६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ७ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा भने अझै मतगणना सुरू भएको छैन ।
काठमाडौं महानगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलबस्तुको महाराजगन्ज नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । यस्तै, उदयपुरका दुई पालिका र रौतहटको एउटा पालिकाको अन्तिम नतिजा आउन बाँकी रहेको छ । मतगणना जारी रहेका ७ वटा पालिका मध्ये कांग्रेसले ५ तथा एमाले र स्वतन्त्र उम्मेदवारले १–१ पालिकामा अग्रता लिइरहेका छन् ।


प्रतिक्रिया