Breaking

पोखराको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा एमालेकी गुरुङ विजयी


काठमाडौँ — कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका नेकपा एसका धनराज अचार्य विजयी भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

आचार्य ५८८९३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत प्राप्त गरे ।

६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६६६३ ल्याइन् ।