Breaking

टेक्सासमा बन्धुकधारीको आक्रमणबाट १४ बालबालिकासहित १८ जनाको मृत्यु


काठमाडौँ – अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १४ जना नाबालिग बालबालिकासहित १८ जनाको ज्यान गएको छ ।

युभाल्ड़ीस्थित रोब प्राथमिक विद्यालयमा भएको उक्त आक्रमण भएको हो । विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ । यसैबीच आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ ।

बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ । तर, उनी भने बाँच्न सफल भएकी छिन् ।

यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरिएको छ । सिनेटमा कनेक्टिकटका सिनेटर क्रिस मर्फीले रोषपूर्वक प्रश्न गरे । केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ । यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन् ।