Breaking

सेन्ट लरेन्सका २ शिक्षकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ — चाबहिलको सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा अनुसन्धानका लागि दुई शिक्षकलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलविरुद्ध अनुसन्धानका लागि अदालतले अनुमति दिएपछि अब विस्तृत छानविन सुरु हुनेछ ।

मंगलबार दुई शिक्षकविरुद्ध विद्यार्थीले कलेजमा नारावाजी र प्रदर्शन नै गरेका थिए । उनीहरुले ‘आफूहरुसँग नजिक भए कलेजको शूल्क’ तिर्नुनपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरुको आरोप छ । प्रदर्शनमा सहभागी एक विद्यार्थीका अनुसार दुवैजनाले विद्यार्थी अश्लिल सन्देशहरु पनि पठाउने गरेका थिए ।

‘कहिले लगाएको लुगाप्रति अभद्र कमेन्ट गर्नै अहिले बेड पार्टनर बन्न नै म्यासेज गर्ने गरेको देखिएको छ’ प्रहरी वृत्त, गौशालाका एक अधिकृत भन्छन्, ‘आफूले भनेअनुसार इच्छाहरु पूरा गरिदिए सबै थोक गरिदिन्छु भनेर प्रलोभन देखाएको पाइएको छ ।’

सामाजिक विषय समेत पढाउने कोअर्डिनेटर अधिकारीले त ‘आफ्नो एक साइनले रेस्टिकेट’ हुने भन्दै विद्यार्थीहरुलाई धम्की पनि दिने गरेको विद्यार्थीहरुको भनाइ छ ।