Breaking

बालेन २० हजार मतान्तरले अगाडि, २२ हजार मत गन्न बाँकी


काठमाडौँ — काठमाडौँ महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ । अब २२ हजार ५ सय ६४ मतगणना अझै बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ९१ हजार १ सय २५ मध्ये १ लाख ६८ हजार ४ सय ८७ मतगणना भएको छ ।

पछिल्लो परिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् । उनी बालेन भन्दा २० हजार १ सय १० मतान्तरले पछाडि रहेकी छन् ।

तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन् ।

आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ ।