समाचार

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला


काठमाडौँ — ताप्लेजुङ सदरमुकाम फुङलिङको एक होटलमा महिलाको शव फेला परेको छ ।

फुङलिङस्थित तोक्मेस्थित कफी सप होटलको कोठामा झुन्डिएको अवस्थामा मंगलबार ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी हुन् ।

माया दुई दिनअघि श्रीमान विजय बराइलीसँग पाथीभरा भ्रमण गरेर फर्किएकी थिइन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरीका अनुसार विजय एटीएमबाट पैसा निकाल्न बैंक गएको बेला माया आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

घटनाको विषयमा थप अनुसन्धान गरि रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।