Breaking

महानगरबाट बढारियो एमाले, ५ महानगरमा गठबन्धनका उम्मेद्वारको जित सुनिश्चित, उपमेयरमा भने एमाले अगाडि


काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । मतगणना सुस्त बनेको ६ महानगरमध्ये तीन ओटाको अन्तिम मतपरिणाम आईसकेको छ भने वाँकीको मेयर पनि लगभग निश्चित भईसकोको अवस्था छ । मतपरिणाम अनुसार एमालेले सबै महानगरपालिकामा बढारिएको छ भने उपमेयरमा भने गठबन्धनले अधिंकाशमा हार व्यहोरेको छ ।
६ ओटा महानगरमध्ये ३ ओटाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा विराटनरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन । एमालेबाट उम्मेद्धार बनेका सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै उनी विराटनगरको मेयर बनेका हुन । यता चितवनको भरतपुरको मेयरमा रेणु दाहाल निर्वाचित भएकी छन ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार एमालेका विजय सुवेदीलाई झन्डै साढे १२ हजार मतान्तरले पराजित गर्दै दोस्रो पटक मेयरमा निर्वाचित भएकी हुन । निर्वाचन अघि देखिएको परिस्थिती, आफ्नी छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्ति तथा कांग्रेसकै वागी उम्मेद्धारको चुनौती पन्छाउदै महानगरको सवालमा एकमात्र महिला मेयर बन्न सफल भएकी हुन । मेयरमा जित निकालेसँगै दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले अब शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताएकी छन ।

मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उद्घोष गरेकी छिन । यता मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार सिंहले निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार एवं निवर्तमान मेयर विजयकुमार सरावगीलाई २२ हजार ४४४ मतले पराजित गरेका हुन । सिंहले २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट मेयरमा प्रतिस्पर्धा गर्दा करीब १२ हजार मत ल्याएर तेस्रो भएका थिए ।

केही महीनाअगाडि मात्रै लोसपा त्याग्दै जसपा प्रवेश गरेर गठबन्धनबाट उम्मेद्धार बनेर उनले आफ्ना पुराना प्रतिस्पर्धी सरावगीलाई पाखा लगाएका हुन् । मेयरमा निर्वाचित भएसंगै सिंहले विरगञ्जबासीको दैनिकीसंग जोडीएका सम्मस्या समाधानमा ध्यान दिने प्रतिवद्धता जनाएका छन । यता काठमाडौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ भने ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन पनि विजय नजिक देखिएका छन । पुरानै प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जकारलाई उल्लेख्य मतान्तरका साथ पछि पारेका उनी लगभग ललितपुरको मेयर पक्का भईसको छ अवस्था छ ।

एमाले गढ मानिएको पोखरामा समेत एमाले पछारिएको छ । पोखरामा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका उम्मेद्धार धनराज आचार्यको जित सुनिश्चित भएको छ । गन्न बाँकी मत भन्दा धेरै मतान्तरले आचार्यको अग्रता छ । आचार्यको यो सफलताले एमालेमा तरंग नै सिर्जना भएको छ । जित सुनिश्चित भएका आचार्यले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाएका छन । योसंगै एमाले ६ ओटै महानगरमा पराजित भएको छ भने त्यो बाहेक देशभरका ९ जिल्लामा समेत एमाले नेतृत्वविहीन बनेको छ ।

तर ६ मध्ये ५ महागरको मेयरमा नेतृत्व प्राप्त गरेको गठबन्धन उपमेयरको सवालमा भने असफल देखिएको छ । उपप्रमुख एमालेले धेरै ठाउँमा जित निकाल्नुमा निर्वाचन आयोगले उम्मेदवार नभए पनि चुनाव चिन्ह हुने गरेको व्यवस्था मुख्य कारण भएको गठबन्धनका दलहरुको बुझाई छ ।