Breaking

गरिब तथा विपन्न परिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्दै सरकार


काठमाडौँ – पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई सरकारले राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब र विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने जानकारी दिनुभयो ।