Breaking

छात्रामाथि दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ


काठमाडौँ — काठमाडौँको सेन्ट लरेन्स कलेजका शिक्षक र कर्मचारीलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको छ ।
कलेजकै कोअर्डिनेटरले कक्षा ११ का छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

विद्यार्थीले कलेज परिसरमै प्रदर्शन गरेपछि शिक्षक र कर्मचारीलाई पक्राउ गरिएको हो । आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नाराबाजी गरेका थिए । आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।

दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालयअघि प्रदर्शन गरिरहेका छन् ।