Breaking

मेचीनगरमा एमाले विजयी


काठमाडौँ — मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का उमेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे ।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नम्बर–६, ८ र १५ मा कांग्रेस र वडा नम्बर–१४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । तीमध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने ६ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।