समाचार

दोलखामा टिपरको ठक्करबाट वृद्धको मृत्यु


काठमाडौँ — दोलखाको गौरीशंकर गाउँपालिका–७, खानीगाउँमा टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय ७० वर्षीय लालबहादुर विकको मृत्यु भएको हो ।

हिजो साँझ करिब ५ बजे गुरुम्फिबाट खानीगाउँतर्फ जाँदै गरेको बा५ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।

ट्याक्टरबाट खसेर मृत्यु
सिराहाको गोलबजार नगरपालिका–६, लभटोलीमा हिजो साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजारस्थित लौङ लाइफ अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सोमबार बेलुका करिब ५ बजे प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरबाट सदाय खसेका थिए । उनी त्यसमा सवार थिए । ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।