समाचार

घाँटी रेटी हत्या गरेको आरोपमा २ युवक पक्राउ


काठमाडौँ — एक युवकको घाँटी रेटी हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् ।

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरूलाई बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोलाछेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेलापरेको थियो ।